१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Friday, 21 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २८ मंगलबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

गौतमसागर राईको ‘आमा’ गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार ११:३३:oo

गीतकार, गायक तथा संगीतकार गौतमसागर राईले आफ्नी स्वर्गीय आमाको सम्मानमा ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । उनले एक महिनाअघि मात्रै आमा डिल्लीमाया राईलाई गुमाएका थिए । 

आमालाई अमेरिका लैजाने तयारी गरिरहेकै अवस्थामा एक्कासि आमाकाे निधन भएको खबर पुग्दा उनी विक्षिप्त बन्न पुगे । गीतमा उनले त्यही पीडा पोखेका छन् । हाल अमेरिकामै रहेका उनले आमाविनाको गाउँघर अत्यन्तै नरमाइलो लाग्ने भाव व्यक्त गरेका छन् । जुन गीतले आफ्नी आमा गुमाएका जोकोहीको मन–मस्तिष्क हल्लाएर जान्छ !

गौतम स्वयंको शब्द र संगीत रहेको उक्त गीतमा गायक राजेशपायल राईले स्वर दिएका छन् । मनोजसाङसङ राईको एरेन्ज रहेको उक्त गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो । झस्केको क्रियसनले निर्माण गरेको गीत गौतमसागर राईको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

ad
ad
ad
ad