Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २७ सोमबार ०८:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलित संघको केन्द्रीय महाधिवेशन गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २७ सोमबार ०८:४३:००

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघले आफ्नो केन्द्रीय महाधिवेशन एक महिनाभित्र सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग माग गरेको छ । संघले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी लामो समयदेखि दलित संघको महाधिवेशन हुन नसकेको जनाउँदै एक महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न माग गरेको हो ।

संघका नेता शिव सुनार, प्रेम विश्वकर्मा, मुक्त महतोलगायतले ०६९ मा सम्पन्न चौथो महाधिवेशनपछि १० वर्षसम्म दलित संघको महाधिवेशन हुन नसकेको भन्दै यथाशीघ्र महाधिवेशन गराउने वातावरण निर्माण गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै, दलित संघका नेताले जातीय विवेदका घटनामा पीडित पक्षलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न कांग्रेस केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा दलित सेल स्थापना गर्न आग्रह गरेका छन् । उनीहरूले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीले गठन गर्ने विभागमा दलित समुदायको सम्मानजनक सहभागिता प्रतिनिधित्व गराउन माग गरेका छन् ।

यसैगरी, आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यबाहेक प्रत्यक्षतर्फको निर्वाचनमा कम्तीमा जनसंख्याको आधारमा उम्मेदवार बनाउने व्यवस्था गर्नसमेत माग गरेको छ ।

०५४ मा स्थापना भएको नेपाल दलित संघको दोस्रो महाधिवेशन ०५९, तेस्रो महाधिवेशन ०६६ र चौथो महाधिवेशन ०६९ मा सम्पन्न भएपछि हालसम्म महाधिवेशन हुन सकेको छैन ।