मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २६ आइतबार ०७:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोइलाको मूल्यवृद्धिले इँटा उद्योग बन्द हुने अवस्थामा

Read Time : < 1 मिनेट
२०७९ असार २६ आइतबार ०७:५०:००

रुपन्देहीमा रहेका इँटा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । इँटामा आत्मनिर्भर जिल्ला रहे पनि रुपन्देहीमा पछिल्लो समयको आर्थिक मन्दी, कच्चा पदार्थमा अत्यधिक मूल्यवृद्धिका कारण व्यवसायीहरू उद्योग चलाउन नसक्ने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताए ।

कोइलाको मूल्य बढेको र आयात हुने कोइला पनि गुणस्तरहीन भएका कारण थप समस्या थपिएको उनले बताए । गत वर्ष प्रतिमेट्रिकटन २४ हजार रुपैयाँमा खरिद गरिँदै आएको कोइला अहिले बढेर ४० हजार रुपैयाँसम्म पुगेको छ । नेपालमा आयात हुने कोइला भारतको बिहार, रानीगन्ज, बंगाललगायतका स्थानबाट आउने गरेको गुप्ताले बताए । 

नेपालमा अमेरिका, इन्डोनेसिया, भारतको आसामबाट आउने कोइला राम्रो मानिन्छ । तर, अहिले आयात हुने कोइला गुणस्तरहीन भएका कारण इँटा उत्पादनमा समेत प्रभाव परेको उद्योगीहरूको गुनासो छ ।

इँटा उत्पादन गर्दा कुल लागतको ६० प्रतिशत कोइलामा खर्च हुने गर्छ । प्रत्येक वर्ष बेमौसमी वर्षाका कारण करोडौँको इँटा नष्ट भई नोक्सान व्यहोर्न बाध्य भइरहेको अवस्थामा कोइलामा भएको मूल्यवृद्धिले थप मारमा परेको उद्योगीको गुनासो छ ।