१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २३ बिहीबार १४:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खर्चिलो निर्वाचन प्रक्रियाले व्यवस्थामाथि नै चुनौती थप्यो : नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २३ बिहीबार १४:४०:००

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनमा बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् । राजधानीमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तर्क्रिया कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उम्मेदवारले खर्च गर्ने गरेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् ।

नेता पौडेलले पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुने गरेको बताए।  त्यसले हाम्रो व्यवस्थामै प्रश्न उठेको र यसैकारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको उनको भनाइ थियो।

‘निर्वाचन कानुन र आचारसंहिता धेरै छन् । कतिपय रूपमा आयोग सक्रिय देखिए तापनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन । अब संघको निर्वाचनमा उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यावस्था छ, उनले भने, ‘अहिले त्यो खर्चमा एका-दुईले निर्वाचन लडेका होलान् नत्र धेरै ठाउँमा यो सीमाभित्र कसैले चुनाव लडेका छैनन् । नियति मात्र होइन, निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ, यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छ ।’