१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २२ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २२ बुधबार १४:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अर्थमन्त्रीबारे सरकारले संसद् र जनतालाई जवाफ दिनुपर्छ : नेता महर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार १४:३९:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले सरकारले अर्थमन्त्री जनार्दन शर्माबारे उठेका प्रश्नको जवाफ संसद् र जनतालाई दिनुपर्ने बताएका छन्। नेता महरले फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।  

उनले राजनीतिमा नैतिकताको विषय महत्वपूर्ण हुने भएकाले अर्थमन्त्री आफैँले बुझेर राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरेका छन् । 

‘अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठिसकेपछि यसबारे संसद् र जनतालाई जवाफ दिने काम सरकारको हो । एक अमुक पार्टी र व्यक्तिका लागि लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने काम शोभनीय हुँदैन । संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष छानबिनका माध्यमले आवश्यक काम कारबाही अगाडि बढाइनु राष्ट्रका लागि हितकर हुन्छ । फेरि राजनीतिमा नैतिकताको विषय पनि महत्वपूर्ण हुन्छ,’ उनले लेखेका छन् । 

ad
ad
ad
ad