सरकारले नागरिकता विधेयक फिर्ता लिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसदमा विचाराधीन ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिने निर्णय गरेको हो । यससँगै सरकारले नयाँ विधेयक संसदमा लैजाने भएको छ।
एक मन्त्रीले दिएको जानकारीअनुसार संसदमा विचाराधीन विधेयक फिर्ता गरेर नयाँ विधेयक लान लागिएको हो। सरकारले २०७५ सालमा नै नागरिकता विधेयक संसदमा लगेको थियो ।