१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २१ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका विराटनगर
२o७९ असार २१ मंगलबार o७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गुलेफुन मियाँले राजीनामा  दिएपछि बस्नेत बनिन् प्रदेश सांसद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७९ असार २१ मंगलबार o७:o२:oo

सरकारी कागज किर्ते मुद्दामा दोषी ठहर भएकी प्रदेश १ की सांसद गुलेफुन मियाँले राजीनामा दिएपछि एमालेले धनकुटाकी हिमा बस्नेतलाई सांसद बनाएको छ । किर्ते कागजात प्रयोग गरेर देवरलाई ठगी गर्न खोजेको मुद्दामा जिल्ला अदालत मोरङको फैसलालाई उच्च अदालत विराटनगरले पनि सदर गरेपछि सामानुपातिक सांसद मियाँले पदबाट राजीनामा दिएकी हुन् । उनको स्थानमा एमालेले धनकुटाकी बस्नेतलाई सिफारिस गरेको थियो । 

बस्नेतलाई प्रदेश सभाले सोमबार सांसद नियुक्त गरेको र मंगलबार बिहान ११ बजे सभामुख प्रदीपकुमार भण्डारीले शपथग्रहण गराउने कार्यक्रम रहेको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । बस्नेत पेसाले कानुन व्यावसायी हुन् । एमालेबाट समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित खातुनले तीन बिघा १० कट्ठा मोही जग्गा आफ्नो नाममा ल्याउन तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सही र कार्यालयको छाप किर्ते गरी सिफारिस पत्र बनाएको आरोप थियो । सोही आरोपमा उनलाई जिल्ला र उच्च अदालतले दोषी ठहर गरेको हो । 

छानबिनका क्रममा दुई वर्षपछि सरकारी सहीछाप किर्ते गरेको थाहा पाएपछि कदमाह गाउँ विकास समितिले नै प्रहरीमा जाहेरी दिएको थियो । २२ जेठ ०७३ मा कदमाह गाउँ विकास समितिले जाहेरी दिएपछि मियाँ पक्राउ परेकी थिइन् । किर्ते मुद्दामा २५ दिन प्रहरी हिरासतमा बसेकी उनलाई जिल्ला अदालतले १० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । ३१ वैशाख ०७४ मा जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सरकारी कागज किर्ते मुद्दामा सांसद मियाँ र उनका श्रीमान् शेख सिलबर मियाँसहित चारजनालाई एक वर्ष कैद र अड्डाका दुई कर्मचारीलाई थप दुई वर्ष कैद सजाय सुनाएको थियो । 

ad
ad
ad
ad