१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुईपांग्रेमा पाँच र साना गाडीमा २० लिटर इन्धनदेखि जोर–बिजोर लागू गर्न निगमको प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२५:oo

नेपाल आयल निगमले चरम घाटा थेग्न नसकिने भन्दै प्रधानमन्त्री कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई इन्धन खपत गराउन १० बुँदे प्रस्ताव पठाएको छ । सोमबार निगमको बोर्ड बैठकले चुलिँदो घाटाका कारण इन्धन आपूर्ति प्रभावित हुन सक्ने जानकारी दिँदै खपत घटाउन सरकारले तत्काल पहल चाल्नुपर्ने १० बुँदे प्रस्ताव पठाउने निर्णय गरेको हो ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निगमलाई आवश्यक रकम उपलब्ध हुन नसक्दा जसरी पनि इन्धन खपत घटाउनुपर्ने बाध्यता आएको बताए । पछिल्लो १५ दिनमा मात्रै निगमलाई चार अर्ब ५० करोड रुपैयाँ घाटा लागेको निगमले जनाएको छ । भारतीय आयल निगमलाई निगमले आगामी आर्थिक वर्षको अन्त्यसम्ममा ३० अर्बभन्दा बढी भुक्तानी दिनुपर्ने अनुमान निगमले गरेको छ । निगमले ९ असारमा जारी गरेको विज्ञप्तिमा २२ अर्ब भुक्तानी तिर्न बाँकी थियो ।

आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार निगम चरम संकटमा परेका वेला सरकारले दिनुपर्ने शोधभर्ना पनि उपलब्ध नगराएको बताएका छन् । इन्धनको खपत झन् बढ्दै गएपछि घटाउने विकल्प खोज्नुपर्ने अवस्था आएको उनको भनाइ छ । यसअघि पनि सरकारलाई इन्धन खपत कम गर्नका लागि प्रस्ताव गरेको भए पनि दीर्घकालीन लागू नहुँदा असर पुनः देखिएको कार्कीले बताए । 

उनले भने, ‘अन्तर्राष्ट्रिय रूपमै पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्था र बढ्दो घाटाले भोलिको दिनमा इन्धन आपूर्तिमा प्रभावित हुन सक्ने आकलन गर्दै अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय र योजना आयोगलाई समेत पत्र लेखेर ध्यानाकर्षण गराएका छौँ,’ उनले भने ।

 निगमले वाणिज्य आपूर्ति मन्त्रालय, योजना आयोग र अर्थ मन्त्रालयलाई गरेको प्रस्तावमा अत्यावश्यकबाहेक सार्वजनिक तथा निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्नुपर्ने, देशका मुख्य सहरहरूमा शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, आइतबार पुनः सार्वजनिक बिदा लागू गर्नुपर्ने र दुईपांग्रेमा एकपटकमा पाँच लिटर र कार तथा जिपलगायत साना सवारीसाधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्न, छोटो दूरीमा सवारीसाधनको प्रयोग नगर्न र पैदल यात्रा गर्नलाई प्रोत्साहन गर्न पनि निगमले सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रतिलिटर पेट्रोलमा दुुई र  डिजेल–मट्टीतेलमा नौ रुपैयाँ मूल्यवृद्धि
 नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर नौ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८१, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ७२ र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ९० पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् १८ सय नै रहेको छ ।

निगमले नौ दिनअघि ११ असारमा  प्रधानमन्त्रीको निर्देशनअनुसार मूूूल्य घटाएको थियो । त्यसको नौ दिनको दिनमै मूल्य बढाएको छ । निगमले यसअघि पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ घटाएको थियो । अन्तर्राष्ट्रियस्तरमै इन्धनको मूूल्यमा वृद्धि भइरहेको र भारतीय आयल निगमलाई २४ असारसम्म ३० अर्ब भुक्तानी गर्न बाँकी रहेकाले मूूल्य बढाइएको निगमले जनाएको छ ।

 प्रस्तावका मुख्य बुँदा

  •  अत्यावश्यकबाहेकका सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्नुपर्ने
  • देशका प्रमुख सहरहरूमा गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने
  • खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलोमा सहुलियत दिनुपर्ने 
  • विद्युतीय सवारीसाधनको प्रयोग गर्न विभिन्न सहर र राजमार्गहरूमा निःशुल्क चार्जिङ स्टेसनको व्यवस्था गर्नुपर्ने
  • दुईपांग्रेमा एकपटकमा पाँच लिटर र कार–जिपलाई एकपटकमा २० लिटर मात्र इन्धन  बिक्री गर्ने 
  • प्रेट्रोलियम पदार्थबाट चल्ने वस्तुको आयात बन्द गर्न
ad
ad