१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २० सोमबार
  • Friday, 04 July, 2025
२o७९ असार २० सोमबार १९:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीको नगर सभामा विवाद, एमालेका प्रतिनिधिले कुर्सी फाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २० सोमबार १९:१८:oo

रातो किताबमा एकलौटी रूपमा योजनाहरू राखिएको भन्दै धनगढी उपमहानगरपालिकाको नगर सभाको बैठकमा विवाद उत्पन्न भएको छ। सोमबार भएको नगर सभाको तेस्रो बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बजेटको विरोधमा कुर्सी फालेर बजेटको विरोध गरेका छन्।

बैठकमा उपप्रमुख कन्दकला रानाले बजेट निर्माणका क्रममा मेयर र प्रमुख कार्यकारी अधिकृतले आफूसँग सल्लाह नगरेर एकलौटी गरेको भन्दै विरोध गरिन्। बजेटपुस्तिका निर्माणका क्रममा आफूसँग कुनै सल्लाह नगरिएको उनको आरोप थियो। योजना तर्जुमा समितिको संयोजक उपमेयर हुने व्यवस्था भए पनि आफूले अधिकार प्रयोग गर्न नपाएको उनले बताइन्।

उपमेयरले बैठकअघि बढ्न नसक्ने बताएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले उठेर विरोध जनाएका थिए। उनीहरूले कुर्सी उठाएर फालेका थिए। एमालेका प्रतिनिधिले कुर्सी उठाएर फालेपछि र होहल्ला भएपछि बैठक स्थगित भएको थियो। 

‘मेयरले उपमेयरको कुरा सुन्नुभएन। मेरो सचिवालयमा कर्मचारीसमेत दिइएको छैन,’ उपमेयर रानाले भनिन्, ‘सरसल्लाह हुनुपर्‍यो। मलाई एजेन्डाबारे समेत थाहा छैन।’

सरसल्लाह नगरिएकाले बैठकमा आफूले प्रस्तुत गर्ने विषयबारे नै अनविज्ञ रहेको उनले बताइन्। प्रमुख प्रशासकीय अधिकृतले आफ्नो फोनसमेत नउठाउने गरेको उल्लेख गर्दै उपमेयर रानाले उपमेयरलाई हेपिएको गुनासो गरिन्। 

‘मेयर साप र हाकिमसाप अलग्गै बसेर योजना बनाउनुहुन्छ । यो कतिसम्मको न्यायोचित हो ?’ उनले भनिन्, ‘उपमेयरसँग बसेर, कार्यपालिकामा छलफल गरेर योजना बनाइनुपर्छ ।’