१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २० सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार २० सोमबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘अर्थमन्त्री शर्मालाई सरकारले कारबाही गर्नुपर्छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार २० सोमबार १८:२८:oo

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरतसिंह भण्डारीले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पद त्याग्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले जनतामा आलोचित विषय गर्नेले नैतिकताको आधारमा तत्काल पद त्याग्नुपर्ने बताएका हुन्।

अर्थमन्त्री शर्माले तत्काल मन्त्री पद छोड्नुपर्ने र पद नछोेडेमा सरकारले कारबाही गर्नुपर्ने उनको भनाइ छ। 

‘जनतामा आलोचित विषयमा, मूल्य मान्यताको विरुद्धमा जुन कुराहरू आएका छन् त्यो विषयमा तत्काल नैतिकताको आधारमा त्यसले छोड्नुपर्दछ । यदि छोडेन भने तत्काल सरकारले कारबाही गर्नुपर्दछ,’ उनले भने, ‘यो विषयमा म अन्त्यन्त गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउँदछु । नेपाली जनतालाई राज्यप्रति अविश्वास हुने र राज्यप्रति अनादर हुने गरी यस्तो खालको कुरा हुनुहुँदैन । यो विषयमा अर्थमन्त्रीले तत्काल छोड्नुपर्छ भन्ने मेरो मान्यता हो ।’