१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चामे गाउँपालिकाले समेट्यो सातवटा गौरवका आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१८:oo

मनाङको चामे गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि सातवटा गौरवको आयोजना समेटेको छ । गौरवका योजनामध्ये लोकप्रिय माविका लागि ४५ लाख, गौरीशंकर आवासीय माविका लागि २० लाख, स्यार्कुस्थित शीतभण्डार निर्माणका लागि ७० लाख विनियोजन गरेको छ । 

यस्तै, चामे बजार खानेपानी विस्तार र ढल निकास आयोजनाका लागि एक करोड १० लाख, बसपार्क निर्माणका लागि २० लाख, चामे सिटी हल भान्छाघर र शौचालय निर्माणका लागि ३० लाख, विद्युत् आयोजनाका लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३१ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । गाउँपालिकाले गाउँसभामार्फत आव ०७९/८० का लागि ३१ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको बजेट विनियोजन गरेको हो । गाउँपालिकाले आगामी आवका लागि चालूतर्फ १० करोड १४ लाख ९७ हजार र पुँजीगततर्फ २१ करोड २२ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ ।

ad
ad