मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १९ आइतबार १९:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साबिक नेकपाका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १९ आइतबार १९:३३:००

साबिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनाल र नेता वामदेव गौतमबीच भेटवार्ता भएको हो । 

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार भेटमा नेतृत्व तहको यस्तो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।