Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १९ आइतबार १९:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अन्तर्घातकाे अन्तर्य पत्ता लगाउन एमालेले बनायो कार्यदल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १९ आइतबार १९:१४:००

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरको छ। आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीनसदस्यीय कार्यदल गठन गरेको हो । 

कार्यदलका अन्य सदस्यहरूमा केन्द्रीय निर्वाचन विभागको प्रमुख र केन्द्रीय संगठन विभागको प्रमुख रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले स्थानीय तह निर्वाचनसम्बन्धी विभिन्न उजुरीहरू आएको उल्लेख गर्दै कार्यदलले उजुरीहरूमाथि छानबिन गर्ने र आवश्यक कारबाही गर्ने बताए । 

‘निर्वाचनको क्रममा केही अनुशासनहीनता, अराजकता कुराहरू उत्पन्न भएको छ । त्यस्ता समस्याहरूमाथि उजुरी परेको छ र उजुरीमाथि छानबिन र आवश्यक कारबाहीका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभागको प्रमुख र केन्द्रीय संगठन विभागको प्रमुख रहेको तीनसदस्यीय कार्यदल गठन गरिएको छ,’ प्रमुख गुरुङले भने, ‘चुनावमा भएका विभिन्न अराजक कुराहरू, अनुशासनहीनताका कुराहरू, अन्तर्घातको विषय यसले छानबिन गरेर आफ्नो रिपोर्ट पेस गर्नेछ र आवश्यक कारबाही यो आफैँले गर्न सक्नेछ ।’ 

यस्ता छन् अन्य निर्णयहरू
एमालेले सातवटै प्रदेशमा वैचारिक तथा राजनीतिक प्रशिक्षण पनि चलाउने निर्णय गरेको छ । प्रशिक्षणको लागि संयोजन गर्ने जिम्मेवारी पार्टीका सात उपाध्यक्षहरूलाई दिइएको छ । जसमा प्रदेश १ मा ईश्वर पोखरेल, मधेस प्रदेशमा सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा सुवासचन्द्र नेम्वाङ, कर्णाली प्रदेशमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवाली रहेकाे गुरुङले जानकारी दिए । 

त्यस्तै, बैठकले विभिन्न विभागमा सचिव मनोनयन पनि गरेको छ । गुरुङका अनुसार वित्त तथा कोष व्यवस्थापन विभाग सचिवमा डा. भीष्म अधिकारी, संगठन विभाग सचिवमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षण विभाग सचिवमा भवानी खनाल, श्रम तथा रोजगार विभाग सचिवमा जनक चौधरी, संसदीय विभाग सचिवमा डा. सूर्य पाठक, सामाजिक सेवा विभाग सचिवमा डा. नेत्रप्रसाद तिमल्सिना, संस्कृति विभाग सचिवमा राजेश थापा, स्थानीय तह विकास विभाग सचिवमा हर्क राई, प्रचार तथा प्रकाशन विभाग सचिवमा गगन बिष्ट, परराष्ट्र मामिला विभाग सचिवमा अञ्जान शाक्य, संघीय मामिला तथा सामान्य प्रशासन विभाग सचिवमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्पज्योति ढुंगाना, अर्थ तथा योजना विभाग  सचिवमा योगेन्द्र शाही र कानुन विभाग सचिवमा डिल्लीराम मैनालीलाई मनोनयन गरेको हो । 
प्रचार विभाग प्रमुख गुरुङले सचिवालय बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग, अर्थ तथा योजना विभाग गठन गरेको पनि बताए । त्यस्तै, उनले वित्त तथा कोष व्यवस्थापन विभाग, कृषि तथा पशुपंक्षी विभाग र निर्वाचन विभागलाई विस्तार गरिएको जानकारी दिए । 

बैठकले अनुसन्धान प्रतिष्ठान सञ्चालन कार्यविधि तथा स्थानीय तह विकास विभागको निर्देशिका पनि पारित गरेको छ । असार मसान्तसम्म सबै जिल्ला कमिटी र प्रदेश कमिटीहरूले निर्वाचनको समीक्षा रिपोर्ट तयार गरेर केन्द्रमा पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए । त्यसैगरी, बैठकले महँगी, मुद्रास्फिर्ति, मूल्यवृद्धि, नीतिगत भ्रष्टाचार, मलको अभावको विरुद्धमा जनपरिचालन गर्ने निर्णय पनि गरेको छ।