मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १९ आइतबार १४:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रेस युनियनको महाधिवेशनका लागि हेटौँडामा सचिवालय स्थापना

Read Time : < 1 मिनेट
२०७९ असार १९ आइतबार १४:११:००

नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनकाे तयारीका लागि हेटौँडामा सचिवालय स्थापना गरिएको छ । आगामी साउन ६ र ७ गते हुने  राष्ट्रिय महाधिवेशनको तयारीका लागि सचिवालय स्थापना गरिएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सो सचिवालयको उद्घाटन गर्दै महाधिवेशनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त  गरे ।

सो अवसरमा युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको महाधिवेशनमा अधिराज्यभरिका करिब एक हजार पाँच सय प्रतिनिधि र अतिथिको सहभागिता रहने बताए। महाधिवेशनको तयारीका लागि केन्द्रीय तथा स्थानीय समिति गठन भइसकेको जनाइएको छ । 

युनियनका अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । महाधिवेशन सम्पन्न गर्न युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समिति बनाएको छ । सहसंयोजकमा केन्द्रीय सदस्य गिरिजा अधिकारी, आवास व्यवस्थापन समिति संयोजकमा सुजन विडारी, पोष्टराज अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन र प्रचारप्रसारको जिम्मेवारी केशव समर्पणलाई दिइएको छ । 

त्यस्तै, मूल आयोजक स्वागत–सत्कार समितिको संयोजकमा युनियनका उपाध्यक्ष ईश्वरी ओझा र विधान मस्यौदा संशोधन समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी कार्यवाहक महासचिव भीष्मराज ओझा तथा कोषाध्यक्ष  सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन  समिति गठन गरिएको छ ।

साथै अधिवक्ता तेज रावलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । सो महाधिवेशनको  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको युनियनले जनाएको छ । रासस