मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १९ आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १९ आइतबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत सरकारद्वारा ७५ एम्बुलेन्स र १७ विद्यालय बस उपहार प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार १३:२o:oo

भारत सरकारले अनुदान सहायताअन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान गरेको छ। नेपालस्थित भारतीय दूतावासले आइतबार एक कार्यक्रमबीच नेपालका विविध हितग्राही संस्थाहरूलाई ती एम्बुलेन्स र बस उपहारस्वरूप प्रदान गरेको हो।

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले ती संस्थाहरूलाई चाबी प्रदान गरेका हुन्।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको कार्यक्रमको हिस्साअन्तर्गत ती एम्बुलेन्स र बस हस्तान्तरण गरिएको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।