मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १९ आइतबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १९ आइतबार o८:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओन्टारियोलाई नेपालले हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार o८:१२:oo

एकदिवसीय शृंखला खेल्न क्यानडा गएको नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ । शुक्रबार राति नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १५१ रनमा समेटियो ।

ओन्टारियोका रियाज खान पठानले सर्वाधिक ३६ रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले २९, निकोलस मनोहरले २५ रनको योगदान गरे । नेपालका पवन सर्राफले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रनको योगफल बनायो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए । आसिफ शेखले ४२, देव खनालले २७, बसिर अहमेदले २४, दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले समान १९ रनको योगदान गरे । ओन्टारियोका सिल पटेलले तीन विकेट लिए । अब, नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ ।