यही आउने नोभेम्बर–डिसेम्बरमा कतारमा पहिलोपटक विश्वकप फुटबल सुरु हुँदै छ । दक्षिण अमेरिका तथा युरोपेली राष्ट्रले मात्र विश्वकप उपाधि उचालेका छन् । फुटबलको कुरो गर्दा यसको सुरुवाती चीनमा भएको थियो । चार सय ७६ बिसीमा चीनमा फुटबल जन्म भएको मानिन्छ । चीन अहिले फिफा वरीयताको ८६औँ स्थानमा छ । सुरुवाती दिनमा चीनमा कुजु नामले फुटबल खेलिन्थ्यो । यद्यपि, प्राचीन ग्रिस तथा इंग्ल्यान्डमा फुटबल खेलिए पनि चीनमै यसको विकास भएको विश्वास छ ।
१२ दिनसम्म चलेको टेस्ट
अहिले क्रिकेटमा निकै छोटो फम्र्याट आइरहेको छ । टेस्टदेखि टी–२० सम्म क्रिकेटमा निकै प्रचलित फम्र्याटमा पर्छन् । यसलाई अझै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक बनाउन क्रिकेटमा टी–१० र द हन्डे«ेड बलजस्ता फम्र्याट त्यतिकै लोकप्रिय हुँदै छ । क्रिकेटमा सबैभन्दा लामो फम्र्याट नै टेस्ट हो । अहिले यो पाँच दिनसम्म खेलिन्छ । तर, सन् १९३९ मा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको खेल १२ दिनसम्म चलेको थियो । १२ दिनसम्म टेस्ट खेल चले पनि यसको विजेता छिनोफानो हुन सकेन ।
खैरो रङको बास्केटबल
अमेरिकामा बास्केटबल सबैभन्दा लोकप्रिय खेलमा गनिन्छ । एनबिएल विश्वकै महँगो बास्केटबल लिगमा पर्छ । अमेरिकन सबै बास्केटबल खेलाडी धनाढ्य छन् । सुरुमा बास्केटबलको रङ खैरो थियो । सन् १९५७ मा बास्केटबल प्रतिस्पर्धा हुँदा बल खैरो रङको थियो ।