मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Wednesday, 09 July, 2025
मृतक हेमराजका जेठो छोरा र श्रीमती । 
२o७९ असार १७ शुक्रबार १७:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अज्ञात व्यक्तिले चलाएको गोली लागेर बर्दियामा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १७:३५:oo

बर्दियाको गुलरिया नगरपालिका वडा नं ३ का हेमराज गोडियाको भारतीय जंगलमा गोली लागि मृत्यु भएको छ। भारतको जंगलमा निहुरो टिप्न गएका गोडियाकाे अज्ञात व्यक्तिले चलाएको गोली लागेर मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ। दायाँ खुट्टामा गोली लागेका उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान करिब १० बजे सीमावर्ती भारतीय जंगलमा निहुरो टिप्न गएका उनी साँझ अबेरसम्म फर्केका थिएनन्। बेलुका ८ बजे हेमराज गोडियाले आफ्नी श्रीमती मररी गोडियालाई फोन गरी आफूलाई गोली लागेको भन्दै लिन आउन आग्रह गरेका थिए। त्यसपछि श्रीमती गोडिया लिन पुगेकी थिइन्।  

खेतमा अर्धबेहोस भएर लडेको अवस्थामा हेमराज भेटिएका थिए। त्यसपछि घरमा ल्याएलगत्तै बेहोस भएका हेमराजको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। समयमै एम्बुलेन्स नआउँदा अस्पताल लैजान ढिला भएको मृतकका छोरा अंगदकुमार गोडियाले बताए। 

बर्दिया अस्पताल अकस्मिक कक्षको रेकर्डअनुसार राति १० बजेर २० मिनेट जाँदा हेमराजलाई मृत्यु भइसकेको अवस्थामा अस्पताल पुर्याइएको थियो। गोली लागी अत्याधिक रक्तस्राव भएको कारणले उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको बर्दियाका डिएसपी सूर्य सुवेदीले बताए। उनले गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको जानकारी दिए।