आजको मौसम : राति प्रदेश १ मा भारी वर्षाको सम्भावना

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण

देशभर आंशिकदेखि सामान्य बदलीका कारण केही प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान शाखाले दिएको जानकारीअनुसार प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राति पनि  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

See More On

सुझावित समाचार