१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १४:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

७७ वटै जिल्लामा फिल्म स्टुडियो निर्माणको सम्भावना छ : सञ्चारमन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:२o:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७७ वटै जिल्लामा फिल्म छायांकन स्टुडियो निर्माणको सम्भावना रहेको बताएका छन् । मन्त्री कार्कीले  बिहीबार चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘हामी जलस्रोतको सम्भावनाको कुरा गर्छौँ, पर्यटनको सम्भावनाको कुरा गर्छौँ, देशभर नै धेरै सम्भावनाको कुरा गर्छौँ,’ उनले भने, ‘दोलखामा मात्रै होइन, हरेक जिल्लामा चलचित्र सुटिङ केन्द्रहरू बन्न सक्छन्, यस दिशामा हामी अग्रसर हुन सक्यौँ भने चलचित्रलाई एउटा विशिष्ट उद्याेगको रूपमा स्थापित गर्न स्क्छौँ ।’

साथै उनले कलाकारहरूकाे याेगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताए। साथै कार्यक्रममा ६२ चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्रसमेत वितरण गरिएको थियो।

ad
ad