Skip This
राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई ३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
२o८१ जेठ १५ मंगलबार o७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o७:४५:oo

नेपालमा मुस्किलले खडा भएका दलहरू फुट्न किन हतारिन्छन् ?
प्रजा परिषद्देखि अहिलेसम्मको राजनीति नियाल्दा दलहरूमा पटकपटक विभाजन हुँदै आएको देखिन्छ । कांग्रेस, एमाले र अन्य दलका लागि पनि टुटफुटको इतिहास नौलो होइन । हामीकहाँ दलका नेताहरूले आफ्नै अधिनायकत्व चलाउन खोज्नु, स्थापनाको उद्देश्यबाट पार्टी अलग हुनु, आन्तरिक लोकतन्त्रको अभाव हुनु, प्राप्त अवसरको वितरण समानुपातिक नहुनु, दलबाहिरका स्वदेशी तथा विदेशी शक्तिले चलेखेल गर्नु जस्ता विभिन्न कारणले दलहरू फुट्ने गरेका देखिन्छन् ।

जनता समाजवादी पार्टी (जसपा)को  फुटलाई कसरी हेर्नुभएको छ ?
जसपा फुट्नुमा पनि माथिका मध्ये अधिकांश कारण जिम्मेवार देखिन्छन् । खासगरी संसदीय राजनीतिमा संसद्को अंकगणितलाई उपेक्षा गरेर कसैले महत्वाकांक्षा राख्छ भने त्यतिखेर उसले घाटा बेहोर्नुपर्छ नै । नेपथ्यमै सुनिएको भए पनि उपेन्द्रजीले गठबन्धनमा प्रधानमन्त्रीको दाबेदारी गर्दा अहिलेका सहयात्री दलहरूले नै उहाँमाथि ‘चक्कु हानेका’ हुन् । केन्द्रमा कमजोर सरकार भयो भने क्षेत्रीय दलका लागि मोलमोलाइको शक्ति बढ्छ । तर, त्यसका लागि आफ्नो क्षेत्र या जमिनमा आफ्नो शक्ति मजबुत भने हुनुपर्छ । 

जसपाको फुटले सत्ता राजनीतिमा कस्तो प्रभाव पर्ला ?
नेपालको सत्ता राजनीतिमा यस्ता टुटफुटका खेल चलिरहन्छन् । एउटाले अर्कालाई फुटाएर आफ्नो शक्ति मजबुत गराउने र आफ्नो महत्वाकांक्षा पूरा गर्ने खेल चलिरहेकै हुन्छ । तर, अहिलेको फुटले उपेन्द्रजीको राजनीति कमजोर भयो भन्ने समय भएको छैन । यो उहाँको राजनीतिक ‘अबिच्युरी’ लेख्ने समय पनि होइन । उहाँ फेरि उठ्न सक्ने सम्भावना जीवितै छ । जहाँसम्म सत्ता समीकरणको भविष्यको प्रश्न छ, नेपाली राजनीतिमा सत्ता समीकरण सधैँ एउटै रहिरहन्छ भन्ने ‘ग्यारेन्टी’ छैन । 

ad
ad