आयल निगम व्यापारीलाई दिन अर्बौँको चलखेल भइरहेको छ : वरिष्ठ नेता पौडेल

बिहिबार, १६ असार, २०७९
डिजिटल संस्करण
आयल निगम व्यापारीलाई दिन अर्बौँको चलखेल भइरहेको छ : वरिष्ठ नेता पौडेल

फाइल फाेटाे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगम व्यापारीको हातमा दिन लागेको आरोप लगाएका छन्।

६४औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले आयल निगम व्यापारीको हातमा दिएर मन्त्रीहरू अर्बौँ कमाएर राजा बन्न केन्द्रित भएको भन्दै आपत्ति जनाए। 

‘अहिले पनि म फेरि सुन्दै छु– आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भइराखेका छन् रे । यो चलखेलको पछाडि करोड होइन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भइहाल्यो नि । यसैमा पनि खेलबाड,’ उनले भने।

वरिष्ठ नेता पौडेलले किसानलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोशसमेत व्यक्त गरे। उनले भने, ‘जहिले पनि मलको हाहाकार  किन भयो ? किन भएको छ भने हामीले यो कुरा बुझेनौँ– कांग्रेसभन्दा बढी एमाले समाजवादी। एमालेभन्दा माओवादी बढी समाजवादी । चर्काचर्का समाजवादी यहाँ छौँ । तर, यी चर्का समाजवादीहरूले के–के गरे ?’

सुझावित समाचार