मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १५ बुधबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १५ बुधबार १२:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुनौलो परिवारको कार्यालयमा आगलागी हुँदा पाँच करोडको क्षति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार १२:o२:oo

काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयमा आगलागी हुँदा करिब पाँच करोडबराबरको क्षति भएको छ। अन्य मानवीय क्षति भने नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बुधबार बिहान ६ बजेदेखि लागेको आगो केहीबेर अघि मात्रै नियन्त्रणमा आएको परिसरका एसपी दिनेशराज मैनालीले बताए। उनका अनुसार आगलागीबाट औषधिजन्य सामान र उपकरण जलेर नष्ट भएका छन्।

आगो निभाउन काठमाडौं र ललितपुर महानगरपालिकाको जुद्ध बारुण यन्त्र, कीर्तिपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरीलगायतको टोलीसहित १० वटा दमकल र पाँचवटा पानी ट्यांकर प्रयोग गरिएको थियो। आगलागीको कारण भने खुल्न सकेको छैन।