१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १५ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १५ बुधबार o९:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि केन्द्रीय कर्मचारी संघको अध्यक्षमा छत्रबहादुर कार्की प्यानलसहित निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार o९:१४:oo

सत्तारूढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय कर्मचारी संघको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन् । 

कार्की आफ्नो प्यानलसहित प्रगतिशील समूहको तर्फबाट अध्यक्षमा निर्वाचिन भएका हुन् । 

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा प्रगतिशील समूहकै भूपेन्द्र लामा, उपाध्यक्षहरूमा पुष्कर खनाल, विजय कुसवाह, रविलोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, ईश्वरी रेग्मी र मिङमा दोर्जे शेर्पा विजयी भएका छन् । संघको महासचिवमा सिर्जना भोमी, सचिवमा उज्ज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित भए ।