Skip This
एक महिनादेखि खुम्बुमा बेपत्ता विदेशी पर्यटक अझै भेटिएनन्
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
सोनी राई सोलुखुम्बु
२o८१ बैशाख २९ शनिबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक महिनादेखि खुम्बुमा बेपत्ता विदेशी पर्यटक अझै भेटिएनन्

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार ११:o१:oo

सोलुखुम्बुको खुम्बु क्षेत्रमा बेपत्ता दुई विदेशी पर्यटकको खोजीकार्य प्रतिकूल मौसमका कारण प्रभावित भएको छ । गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथचन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीय योहन सम्पर्कविहीन छन् । 

नेपाली सेनाको समेत सहयोगमा खोजीकार्यलाई तीव्रता दिएको भए पनि निरन्तरको वर्षात् र भौगोलिक कठिनाइका कारण खोजीकार्य प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनीलजंग शाहले बताए । 

भिर तथा जंगलको क्षेत्र भएकाले खोजीकार्य चुनौतीपूर्ण बनेको छ । प्रहरीले हाल गोकियो, थाङबोचे र एभरेस्ट बेसक्याम्पमा तीन टोली बनाएर खोजी गरिरहेको शाहको भनाइ छ । भारत र कोरियाबाट आएका बेपत्ताका आफन्तहरू पनि खोजीमा लागिपरेका छन् ।  बेपत्ताहरू विनागार्ड भ्रमणमा आएका कारण अवस्था पत्ता लगाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
 

ad
ad