हैजाका बिरामी बढेसँगै काठमाडौं महानगरपालिकाले समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरेको छ । महानगरले सोमबारबाट हैजासम्बन्धी समस्या समाधान गर्न हटलाइन टेलिफोन सञ्चालन गरेको हो ।
महानगरका प्रमुख बालेन शाहले सोमबार राति सामाजिक सञ्जालमार्फत २४ सै घण्टा हटलाइन टेलिफोन सेवा सञ्चालन गरिएको जनाएका छन् ।
‘आजदेखि हैजासम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छौँ,’ शाहले भनेका छन्, ‘११८० मा फोन गरेर आवश्यक जानकारी लिन सकिनेछ ।’
त्यसअघि काठमाडौं महानगरपालिकाले सोमबारैबाट महानगर क्षेत्रका सडकमा खानेकुरा बेच्न निषेध गरेको थियो । महानगर क्षेत्रमा हैजा देखिएपछि महानगरले यस्तो निर्णय गरेको हो ।
प्रमुख शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् । स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरूलाई जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको जानकारी दिए ।
हैजाका बिरामी बढेपछि काठमाडौं महानगरले सुरु गर्यो हटलाइन, ११८० मा फोन गरेर जानकारी लिन सकिने
नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक
३ हप्ता अघि
सुझावित समाचार
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…