मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १३ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १३ सोमबार १८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइजिपी नियुक्तिविरुद्धको मुद्दामा सुुनवाइ सकिएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार १८:२९:oo

सर्वोच्च अदालतले नेपाल प्रहरीकाे प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ तोकिएकोमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हो। 

आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएको रिटमा असार ५ गते हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो । सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। आफूभन्दा जुनियरलाई आइजिपी बनाइएको भन्दै प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) विश्वराज पोखरेलले गत १९ वैशाखमा  सर्वोच्चमा रिट दायर गरेका थिए । 

त्यस्तै, एआइजी बढुवाविरुद्ध तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरू प्रकाशजंग कार्की, घनश्याम अर्याल र ईश्वरबाबु कार्कीले पनि छुट्टाछुट्टै रिट दायर गरेका थिए। छुट्टाछुट्टै दायर भएका चार रिटलाई सर्वोच्चले एकैसाथ सुनुवाइ गरिरहको छ।