१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १३ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १३ सोमबार ११:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आदर्श लघुवित्तको आइपिओ बाँडफाँट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १३ सोमबार ११:o१:oo

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट भएको हो । 

बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आइपिओमा १६ लाख ७४ हजार ६ सय ५२ जनाले एक करोड ८४ लाख २४ हजार नाै सय कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार आठ सय ५८ जना आवेदकको आवेदन रद्द भएको र बाँकी १६ लाख ७२ हजार सात सय ९४ योग्य आवेदकमध्ये ६ हजार दुई सय ६१ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी पाँच कित्ता सेयर १० कित्ताभन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप पाँचजनालाई एक–एक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ । 

कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कुल जारी पुँजी (दुई लाख सात हजार कित्ता)को ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता सेयर कर्मचारीलाई र निष्कासित (६७ हजार कित्ता) सेयरको पाँच प्रतिशत अर्थात् तीन हजार तीन सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ६२ हजार ६ सय १५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो । 

बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो सेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।