मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सोनी राई सोलुखुम्बु
२०७९ असार १२ आइतबार २०:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैवाहिक बलात्कारको आरोपमा पत्रकार पक्राउ

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
२०७९ असार १२ आइतबार २०:०७:००

सोलुखुम्बुमा वैवाहिक बलात्कारको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । गोरखा घर भई सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका पत्रकार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ती पत्रकारमाथि पटक–पटक श्रीमतीलाई यातना दिएको तथा जबर्जस्ती करणी गरेको आरोप लागेको प्रहरी नायब उपरीक्षक सुनीलजंग शाहले बताए । गत शुक्रबार सदरमुकाम सल्लेरीबाट पक्राउ परेका थिए । आज (आइतबार) जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाइएको छ । तर, आरोपितले भने झुटो आरोपमा फसाउन खोजिएको दाबी गरेका छन् ।