मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार ९ बिहीबार ०८:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तुलसीपुर कारागारमा अविवाहित बन्दीले जन्माइन् बच्चा 

बच्चाको बाबु कांग्रेस डडेलधुराका पूर्वसभापति रघुविर भट्ट रहेको बन्दी महिलाको दाबी 

Read Time : > 1 मिनेट
२०७९ असार ९ बिहीबार ०८:४८:००

दाङको तुलसीपुर कारागारमा रहेकी एक बन्दीले बच्चा जन्माएकी छिन् । बिहे नभएकी बाँकेनिवासी  ३७ वर्षीया एक बन्दीले बच्चा जन्माएकी हुन् । कारागारका जेलर  अमर वलीका अनुसार शनिबार राप्ति प्रादेशिक अस्पतालमा  उनले बच्चा जन्माएकी हुन् । उनको छोरा जन्मिएको छ ।  दाङको लालमटियामा रहेको ग्रामीण विकास बैंकमा क्यासिएर पदमा कार्यरत रहेको अवस्थामा रकम हिनामिना गरेको भन्दै गएको जेठ २८ गते देखि उनी तुलसीपुर कारागारमा थिइन् । उच्च अदालत तुलसीपुरले बैंक रकम हिनामिना गरेको ठहर गर्दै ३० लाख धरौटी तोकेको थियो ।  ३० लाख तिर्न नसक्ने भएपछि उनी तुलसीपुर कारागारमा छिन् ।

को हो बच्चाको बाबु  ? 
लालमटियास्थित बैंकमा काम गर्दा उनको फेसबुकमा एक व्यक्तिसँग चिनजान भयो । उनका अनुसार ती व्यक्ति कांग्रेस डडेल्धुराका पूर्वसभापति रघुवीर भट्ट थिए । उनीसँग कुराकानी नियमित भइरह्याे । त्यसपछि भट्टले बिहेको प्रस्ताव गरे। उनी  प्रभावित भइन् । त्यसपछि गएको भदौमा काठमाडौंमा उनीहरूको भेट भयो र त्यहाँ शारीरिक सम्बन्ध भएको ती बन्दी बताउँछिन् । ‘हाम्रो फेसबुकमा नियमित फोन भइरहन्थ्यो,’ उनले भनिन्, ‘त्यसपछि गएको भदौतिर काठमाडौंमा भेट भयो र त्यहाँ सम्पर्क भएको थियो  ।’ त्यहाँ सम्पर्क भएपछि उनको पेटमा बच्चा भयो । बच्चा भएको थाहा पाएपछि भट्टले निरन्तर त्यो बच्चालाई फाल्न भनिरहेका थिए । बिहे गर्छु भनेर आफूलाई वाचा दिएकाले आफूले पेटको बच्चा नफालेको ती बन्दीले बताइन् । कारागारमा हुँदा पनि आफूले नियमित भट्टलाई फोन गरिरहेको बताउँछिन् । तर, भट्टले सधैँ बच्चा फाल्न भनिरहेको उनी बताउँछिन् । पछिल्लो समय उनी सम्पर्कमा नआएकोसमेत ती बन्दीको भनाइ छ । यस विषयमा बुझ्न खोज्दा भट्टको फोन उठेन । भट्ट करिब ५० वर्षजतिको रहेकोसमेत ती बन्दीले बताइन् । 

तुलसीपुर कारागारमा तीनजना बच्चा 
यसअघि तुलसीपुर कारागारमा दुईजना बच्चासहितका कैदी थिए । आमा कैदी बन्दी रहेको र बच्चा साथमै रहेको अवस्थामा थिए । अब थप एकजना भएसँगै कारागारमा तीनजना बच्चा रहेको कारागारका जेलर वलीले बताए । अहिले ती बन्दीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ। बच्चाको अवस्था सामान्य छ । केही दिनपछि डिस्चार्ज गर्ने र डिस्चार्जपछि ती बन्दीलाई पुनः कारागारमा ल्याइने उनले बताए ।