१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ८ बुधबार
  • Saturday, 05 July, 2025
२o७९ असार ८ बुधबार २१:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्डको उदिपुर सडक चार दिनपछि सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार २१:३१:oo

लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गरिएको छ । शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका १ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । 

उदिपुरमा बाटाेको विकल्पमा पहिरो तल मर्स्याङ्दी किनारबाट सडक निर्माण गरी बुधबार साँझबाट सडक सञ्चालान गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनले भने, ‘पहिरोले अवरुद्ध सडक खुलाउन आइतबारदेखि वैकल्पिक सडक निर्माण गर्न सुरु गरिएको हो ।’ उनका अनुसार पहिरो तल मर्स्याङदी नदी किनारबाट नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै उदिपुर निस्कने वैकल्पिक मार्ग प्रयोग गरिएको छ । 

उदिपुरमा वर्षाका कारण यसअघि बनाइएको नयाँ ट्रयाक पनि बगाएको छ । आइतबारदेखि साना सवारीहरू मोटरसाइकल, जिपले उदिपुरबाट धिमिरे हुँदै दलाल निस्कने सडक प्रयोग गरेका थिए भने ठूला सवारीसाधन आवतजावत गर्न सकेका थिएनन् । 

ठूला सवारीका लागि वैकल्पिक बाटो निर्माण गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । पन्तले भने ‘पहिरोयुक्त जोखिम क्षेत्रबाट आवतजावत गर्नुपर्ने भएकाले राति र पानी परेको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ ।’
  
लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले अवरुद्ध सडक सञ्चालन भएसँगै सवारीसाधनहरू एकतर्फी आवतजावत गरेको बताए ।