१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १५:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाँच वर्षमा नेपालका निजी अस्पताल बन्द हुन्छन् : दुर्गा प्रसाईं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:५६:oo

बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी पाँच वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने दाबी गरेका छन् । बुधबार बी एन्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  उनले सरकारको नीतिले आगामी पाँच वर्षभित्र सबै निजी लगानीका अस्पताल बन्द हुने बताए ।

प्रसाईंले गोविन्द केसीले अनशन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको दाबी गरे । उनले नेपालमा नर्सिङसमेत पढ्नै नपाइने अवस्था आउन लागेको बताए ।  प्रसाईंले नेपालमा नर्सिङ पढाइ नहुने र भएका नर्स विदेशतर्फ जाने क्रम बढेपछि पाँच वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने जिकिर गरे । 

अर्काे प्रसंगमा उनले स्वास्थ्य बिमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् । सरकारले स्वास्थ्य बिमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताए । उनले सरकारी अस्पतालमा आठ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरूले पनि बन्द गर्न सरकारले बाध्य बनाएको आरोप लगाए । 

सञ्चालक प्रसाईंले सरकारले ल्याएको बिमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरिएको बताए । उनले सरकारले अहिले स्वास्थ्य बिमामा छुट्याएको रकममध्ये तीन अर्ब बी एन्ड सीलाई दिए पूर्वका ३२ लाख जनतालाई घरसम्म नै एम्बुलेन्स सेवा पुर्‍याउने गरी उपचार दिने बताए ।  
 
 
 
 

ad
ad