१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ८ बुधबार ०९:१६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हङकङसँग नेपाल सात विकेटले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ८ बुधबार ०९:१६:००

नेपाली महिला राष्ट्रिय टोली एसिसी महिला टी–२० च्याम्पियनसिपमा हङकङसँग सात विकेटले पराजित भएको छ । मंगलबारको खेलमा हङकङसँग पराजित भएपछि नेपालको समूह ‘बी’को विजेता बन्ने आशा कमजोर भएको छ । 

समूह ‘बी’मा रहेको नेपाल चार खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले समूह चरणमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई आठ विकेटले पराजित गरेको थियो । नेपाल समूह विजेता बन्दै सेमिफाइनल खेल्न अब हङकङ कुवेतसँग फराकिलो अन्तरले पराजित हुनुपर्छ ।

हङकङ विजयी हुँदा पनि नेपाल समूह ‘बी’को उपविजेताको रूपमा अन्तिम चारमा भने प्रतिस्पर्धा गर्नेछ । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन् । सो प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाइल्यान्ड रहेका छन् ।

मलेसियाको किन्नरा मैदानमा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा हङकङले १५.५ ओभरमा तीन विकेट मात्र गुमाएर एक सय १२ रन जोड्यो । हङकङलाई महŒवपूर्ण जित दिलाउने क्रममा मुख्य ब्याट्सम्यान मारिको हिलले सर्वाधिक ४५ रनको योगदान दिइन् । उनले ३२ बलमा नौ चौका प्रहार गरिन् । 

यसैगरी, मिलेसले दोस्रो सर्वाधिक योगदान दिने क्रममा २८ रन बनाइन् । उनले ३४ बलमा तीन चौका प्रहार गरेकी थिइन् । हङकङकी कप्तान केरी चान १४ बलमा दुई चौकाको सहयोगमा १७ रन जोडिन् । मारिको र मिलेसबीच दोस्रो किवेटका लागि ४३ रनको साझेदारी भएको थियो । मिलेस र कप्तान चानबीच तेस्रो विकेट निमित्त २६ रनको साझेदारी भयो । 

नेपालकी संगीता राईले दुई ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । सीता रानामगरले एक विकेट लिइन् । यसअघिको ब्याटिङमा नेपालको सुरुवात कमजोर भयो । बिन्दु रावल र सीता रानामगरबीच पहिलो विकेटका लागि ३.४ ओभरमा १८ रनको साझेदारी भयो । सीताले १० बलमा एक चौकाको सहयोगमा नौ रनको योगदान दिइन् ।