१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ताकाे आन्दोलन तीव्र : सडकदेखि सदनसम्म दबाब

धितोपत्र बोर्डको मूलगेटमा अनशन बसेर सरकारलाई दबाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:५१:oo

पुँजीबजार सुधारको १९ बुँदे माग राखेर नेपाल धितोपत्र बोर्डको मूलगेटमा अनशनरत लगानीकर्ता तिलक कोइराला

नेप्से परिसूचक १९ महिनायताकै न्यून बिन्दुमा आइपुगेपछि लगानीकर्ताले आन्दोलनलाई तीव्रता दिएका छन् । लगानीकर्ताले १९ बुँदे माग राख्दै सडकदेखि सदनसम्म दबाब दिइरहेका छन् । लगानीकर्ता तिलक कोइरालाले सात दिनदेखि नेपाल धितोपत्र बोर्डको मूलगेटमा अनशन बसेर सरकारलाई दबाब दिइरहेका छन् ।   

सोमबार पुँजी बजारको विषयलाई लिएर प्रधानमन्त्रीलाई नेपाली कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ध्यानाकर्षण गराएका छन् । मन्त्री थापाले यसअघि पनि सदनमा लगानीकर्ताको मागलाई सम्बोधन गर्न आग्रह गरेका थिए ।

त्यस्तै, प्रतिपक्ष नेकपा एमाले सचेतक विशाल भट्टराईले पुँजी बजार संकटपूर्ण अवस्थामा गुज्रिएको भन्दै पुनरुत्थान गर्न जरुरी भएको बताए । सडकदेखि सदनसम्म आवाज उठ्न थालेपछि नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको जायज मागलाई तीन महिनाभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बोर्डअघि धर्ना दिएर बसेका लगानीकर्ता आक्रोशित

मंगलबार पत्रकार सम्मेलन गर्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताले उठाउँदै आएका जायज मागहरू सम्बोधन गर्न तीन महिनादेखि काम गरिरहेको र अबको तीन महिनाभित्र सम्बोधन हुने बताए ।  

अध्यक्ष हमालले सेयर धितो कर्जामा ४–१२ करोडको सीमा र जोखिम भार बढाउँदा सेयर बजार प्रभावित भएको बताए । अध्यक्ष हमालले पत्रकार सम्मेलनमार्फत लगानीकर्ताको उठाएका जायज माग तीन महिनाभित्र सम्बोधन गर्ने बताएपछि बोर्डअघि धर्ना दिएर बसेका लगानीकर्ता आक्रोशित भएका छन् । सेयर बजार दबाब समूहका महासचिव नयन बाँस्तोलाले सरकारले लगानीकर्ताको ज्यान र लगानीमाथि खेलबाड गरेको बताए । 

ad
ad