मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ७ मंगलबार ०७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेयर बालेनको चुनाव खर्च तीन लाख ९४ हजार, मतगणना ढिलाइले बढी खर्च भएकोप्रति ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ७ मंगलबार ०७:५५:००

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । सोमबार चुनावी खर्चको लिस्ट उनले सामाजिक सञ्जाल फेसबुकमा पनि राखेका छन् ।

खर्चको विवरण केही समयअघि नै सार्वजनिक हुनुपर्ने, तर विभिन्न कारणले ढिलो भएकोमा क्षमा माग्दै मेयर साहले खर्च विवरण सार्वजनिक गरेका छन् । उनको चुनावी खर्च तीन लाख ९४ हजार चार सय ८९ रहेको जनाएका छन् ।

मतगणनाको समयमा मात्रै एक लाखभन्दा बढी खर्च भएको भन्दै मतगणना ढिलो हुनुले निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्र नभई उम्मेदवारका लागि महँगो भएको बताए । यसमा सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । 

उनले एउटा उम्मेदवारका रूपमा आफूले पाएको साथ र विश्वास संसारको सबैभन्दा शक्तिशाली कम्प्युटरले जस्तोसुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन नसक्ने दाबी गरे । अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन आफू हरसमय खटिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।