मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ४ शनिबार
  • Friday, 14 August, 2026
२o७९ असार ४ शनिबार १६:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नन्दप्रसाद जानकी सिवाकोटी पत्रकारिता पुरस्कार गौतमलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ४ शनिबार १६:२७:oo

दोलखाको सबैभन्दा ठूलो राशिको नन्दप्रसाद जानकी सिवाकोटी स्मृति पुरस्कार दोलखाका अग्रज पत्रकार शम्भु गौतमले पाउने भएका छन्। नन्दप्रसाद जानकी सिवाकोटी प्रतिष्ठानका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले उक्त पुरस्कार पत्रकार गौतमलाई दिने निर्णय भएको  जानकारी दिए।

दोलखाकै पहिलो विद्यालय क्षमावति माध्यमिक विद्यालयका संस्थापक तथा तत्कालीन पूर्व २ नम्बर (दोलखा)का जिल्ला सभापति नन्दप्रसाद सिवाकोटी र उनकी जीवनसंगिनी जानकी सिवाकोटीको स्मृतिमा यो पुरस्कारको स्थापना गरिएको हो। 

दोलखामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकारलाई दिइने उक्त पुरस्कार यो वर्ष पत्रकार शम्भु गौतमलाई दिन लागिएको हो। यसै वर्षबाट प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार ताम्रपत्रसहित २५ हजार रुपैयाँ राशिको हुनेछ।

पुरस्कार नन्दप्रसाद सिवाकोटीको जन्मजयन्तीको अवसरमा आगामी भदौ ४ गते प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष सिवाकोटीले जानकारी दिएका छन्।