मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ४ शनिबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका मकवानपुर
२o७९ असार ४ शनिबार ११:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध भैँसे-भीमफेदी सडक खण्डमा यातायात सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o७९ असार ४ शनिबार ११:४४:oo

पहिरोका कारण अवरुद्ध भैँसे-भीमफेदी सडक खण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गए राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडक खण्डमा आज बिहानदेखि दुवैतर्फी यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

यस्तै, हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडक खण्डमा अझै पनि यातायात सञ्चालनमा आउनसकेको छैन । केही दिनदेखि अवरुद्ध सडक खण्डमा यातायात सञ्चालनका लागि पहिरो हटाउने कार्य भइरहेको भीमफेदी प्रहरीले जनाएको छ ।

हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडक खण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।