१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३ शुक्रबार
  • Monday, 30 June, 2025
२o७९ असार ३ शुक्रबार १५:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस मनाङमा गोलाप्रथाबाट भागबन्डा, प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ३ शुक्रबार १५:५o:oo

जिल्ला समन्वय समिति मनाङको प्रमुखमा एमालेका चिनबहादुर घले  र उपप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र गुरुङ चयन भएका छन्।

खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मीनराज गुरुङ, कांग्रेसका सुकमाया विक, एमालेका झलकबहादुर गुरुङ चयन भएका छन्। महिला सदस्यमा एमालेकी लक्ष्मी गुरुङ र सुस्मिता सिन्चौरी तथा कांग्रेसकी राधा बराल विश्वकर्मा चयन भएका छन्। अल्पसंख्यकमा कांग्रेसका ग्याम्जो घले चयन भएका छन्।

जिसस मनाङको निर्वाचनबारे बुधबार संघीय सांसद पोल्देन छोपाङ गुरुङ, पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ, निवर्तमान जिसस प्रमुख यज्ञप्रसाद घले, पालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख एवं  प्रतिनिधिको रोहवरमा गोलाप्रथाबाट प्रमुख र उपप्रमुख छानिएको थियो।

गोलाप्रथाबाट प्रमुख पर्नेले तीन सदस्य तथा उपप्रमुख पर्नेले चार सदस्य पाउने सहमति भएको थियो। सहमतिअनुसार एमालेले प्रमुखसहित तीन सदस्य र गठबन्धन दलले उपाध्यक्ष र चार सदस्य पाएको पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले बताए ।

जिल्लास्थित राजनीतिक दलबीच भएको सहमतिअनुसार बिहीबार मनोनयन  दर्ता गरिएको  थियो। सबै पदमा एकल उमेदवारी परेको थियो। बुधबार गोलाप्रथाबाट प्रमुख र उपप्रमुखको नाम छानिएको मनाङ कांग्रेसका सचिव सुरेन्द्र गुरुङले बताए । नाम छान्दा उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्रबहादुर घलेको नाम परे पनि गठबन्धन दलबीच पुनः छलफलपछि मनोनयन दर्ताको क्रममा सुरेन्द्र गुरुङको दर्ता भएको हो।

चार स्थानीय तह रहेको मनाङमा एमाले र गठबन्धनको बराबर प्रतिनिधि भएपछि सहमतिअनुसार जिससमा मनोनयन दर्ता गरिएको हो। ०७४ को निर्वाचनमा जिसस कांग्रेसले जितेको थियो।