Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३ शुक्रबार १२:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३ शुक्रबार १२:४५:००

असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलनसँगै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो।

सरकारले परिचयपत्र वितरण सुरु गरे पनि सेवा लिन आउने नागरिकले भने सहज नभएको भन्दै गुनासो गरेका छन्। काठमाडौं महानगरपालिकाभित्रका नागरिकका लागि राष्ट्रिय सभागृहमा राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था छ।

परिचयपत्र बनाउन सर्वसाधारणहरू बिहान ४ बजेदेखि लाइनमा बसे पनि बेलुका ४ बजेसम्म पालो नआएको काठमाडौं महानगरपालिका– २ का जगतमोहन श्रेष्ठले बताए। उनले अनलाइन फर्म भरेर आएपछि फोटो खिच्ने काम भए पनि धेरै समय लागेको बताए। नागरिकता र राष्ट्रिय परिचयपत्रले एउटै काम गर्ने भए नागरिकता र परिचयपत्र दुवैको काम नभएको भन्दै राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने उनको तर्क छ।

त्यस्तै, अर्का सर्वसाधारण हिमबहादुर बोहराले जिल्ला प्रशासन कार्यालयले सभागृहमा पठाए पनि सभागृहमा भने भोलि मात्रै काम हुने बताइएको उल्लेख गरे। उनले बिहानदेखि लाइन बसेको, तर आफ्नो पालो आएपछि आज काम नहुने भनेर फर्काइएको बताए। विदेश जान नागरिकताले मात्रै राहदानी नबन्ने भएकाले उनी छोरीका लागि राष्ट्रिय परिचयपत्र बनाउन आएका हुन्।

स्थानीय निकायको निर्वाचनमा सबै काम वडाबाट नै गर्छौँ भन्ने, तर अहिले सभागृह जानु भनेर निर्देशन दिनु राम्रो नभएको भन्दै बोहराले असन्तुष्टि जनाएका छन्।