१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३१ मंगलबार १२:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले सांसद पाण्डेद्वारा अर्थमन्त्रीको राजीनामा माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३१ मंगलबार १२:३७:००

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पाण्डेले अनधिकृत रूपमा अर्थमन्त्रीले करका दरहरू हेरफेर गरेका भन्दै नैतिक रूपमा उनले राजीनामा दिनुपर्ने बताएका हुन्।

‘बजेट निर्माणको सिलसिलामा अनधिकृत मान्छेहरूसहितको साँठगाँठ गरेर करको दरहरू तलमाथि गरिएका कुरा सार्वजनिक भएका छन्। नेकपा एमाले संसदीय दलको तर्फबाट यसबारेमा हामीले गम्भीरतापूर्वक प्रश्न खडा गरेका थियौँ,’ उनले भने। सत्ता पक्षका केही सांसदले समेत चासो देखाएकाे सो विषयमा आफूहरूले गम्भीर ध्यानाकर्षण गराए पनि अर्थमन्त्रीले जवाफ नदिएको भन्दै सांसद पाण्डेले आपत्ति जनाए।

बजेट बनाउँदा करसम्बन्धी विषय अति गोपनीय र संवेदनशील हुने भए पनि अर्थमन्त्रीले अपरिचित व्यक्तिलाई मन्त्रालयमै बोलाएर उनीहरूले भनेअनुसार नै गर्नु भनी निर्देशन दिएका भन्दै उनले प्रधानमन्त्रीले समेत यसबारे जवाफ दिनुपर्ने बताए।

‘यति गम्भीर प्रश्न उठपछि नैतिक रूपले अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ ?’ पाण्डेले भने, ‘यति गम्भीर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेहिता लिनुपर्छ कि पर्दैन ? यो केवल अर्थमन्त्रीको विषय हो ?’