मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३१ मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ ३१ मंगलबार o८:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजार साताको ६ दिन सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ ३१ मंगलबार o८:oo:oo

आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म मात्र बजार खुला हुनेछ

असार १ गतेदेखि लागू हुने गरी सेयर बजार साताको ६ दिन सञ्चालनमा आउने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले हप्तामा ६ नै दिन बजार सञ्चालनमा ल्याउने बताए । उनले भने, ‘शुक्रबार पनि बजार सञ्चालन गर्नुपर्छ भन्ने धेरै पहिलेदेखि लगानीकर्ताको माग थियो, अब ६ दिन नै बजार खुल्छ ।’

पराजुलीका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्मका लागि मात्र बजार खुला हुने भएको हो ।

‘अहिले शुक्रबार एक बजेसम्म मात्र खुला गर्ने गरी निर्णय भएको छ, पछि समय बढाउँदै जान पनि सक्छ,’ पराजुलीले भने । सरकारले आइतबारसमेत दिँदै आएको सार्वजनिक बिदा खारेजको घोषणा गरेसँगै नयाँ निर्णय भएको हो । यसअघि पुरानै व्यवस्थाअनुसार आइतबार बजार खुल्ने र शुक्रबार बन्द हुन सक्ने बताइएको भए पनि नयाँ निर्णयअनुसार शुक्रबार दुई घन्टालाई भए पनि बजार खुल्ने भएको हो ।