१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
चाङ चङ्चुन
२o८१ बैशाख २२ शनिबार १५:१४:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

दिगो आइसिटी उद्योग र अनुकूल इकोसिस्टमका लागि फाइभ–जी स्पेक्ट्रमलाई गति दिनुपर्छ

Read Time : > 3 मिनेट
चाङ चङ्चुन
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:१४:oo

सन् २०२२ मा नेपाल सरकार पाइलट साइटहरूमा देशको पहिलो फाइभ–जी परीक्षण पेस गर्न तयार छ। डिजिटल विकासको प्रमुख आधारको रूपमा फाइभ–जी प्रविधिले एज कम्प्युटिङ, क्लाउड कम्प्युटिङ, इन्टरनेट अफ थिंग्स, आर्टिफिसियल इन्टेलिजेन्स र बिग डेटाजस्ता उन्नत डिजिटल प्रविधिहरूलाई एकीकृत गर्नेछ, जसले अर्थव्यवस्था र समाजको डिजिटल रूपान्तरणका लागि नयाँ विधि, मार्ग र विचारहरू प्रदान गर्नेछ।

फाइभ–जीको व्यावसायिक विकासले विश्वव्यापी डिजिटलाइजेसन प्रक्रियालाई पनि गहिरो प्रभाव पार्नेछ । जिएसएमएको मोबाइल इकोनोमी रिपोर्टअनुसार फाइभ–जीले सन् २०३० मा विश्वव्यापी जिडिपीमा नाै सय ६१  बिलियन डलर योगदान गर्नेछ।

सन् २०२२ को पहिलो त्रैमासिकसम्म ८० भन्दा बढी देश र क्षेत्रहरूले व्यावसायिक रूपमा फाइभ–जी सेवाहरू सुरु गरिसकेका छन्, दुई  मिलियन बेस स्टेसनहरू छन्, र सात सय मिलियनलाई सेवा दिइरहेका छन्।

२०२२ एसिया–प्रशान्त क्षेत्रमा फाइभ–जीको विकास र सफलता हासिल गर्ने वर्ष पनि हो। दक्षिण कोरिया, थाइल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, सिंगापुर, माल्दिभ्स र बंगलादेशले सम्पूर्ण देश वा शीर्ष सहरहरूमा फाइभ–जी प्रयोग गर्दै छन्।

थाइल्यान्डको फाइभ–जीले २०२१ सम्ममा एनबिटिसीको पछिल्लो तथ्यांकको आधारमा जनसंख्याको ७७ प्रतिशत कभरेजमा पुगेको छ। सन् २०२२ को सुरुमा एसिया–प्यासिफिकमा फाइभ–जी ग्राहकहरूको संख्या ५४ मिलियन पुग्यो । जिएसएमएले एसिया–प्यासिफिकमा फाइभ–जी ग्राहकको प्रवेश २०२५ सम्म १४ प्रतिशत र अग्रगामी बजारहरूमा ४० प्रतिशतभन्दा बढी हुने भविष्यवाणी गरेको छ। यसका साथै, देशहरूले स्मार्ट स्वास्थ्य सेवा, उत्पादन, कृषि, बन्दरगाह र स्मार्ट सहरहरूलगायत हजारौँ उद्योगहरूमा डिजिटल रूपान्तरण सक्षम पार्न फाइभ–जीको सक्रियतापूर्वक अन्वेषण गरेका छन्। यी सबैले एसिया–प्यासिफिक क्षेत्रमा फाइभ–जी उद्योग फुल्ने दिशामा विकास भइरहेको संकेत गर्छ। एकै समयमा, क्षेत्रले फाइभ–जी स्पेक्ट्रम अभावको गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ।

फाइभ–जीको लागि प्राइम गोल्डेन फ्रिक्वेन्सी ब्यान्डहरू, ३.५ गिगाहर्ज, २.६ गिगाहर्ज र ७०० मेगाहर्जसहित अन्य प्रविधिहरू, जस्तै उपग्रहहरू, प्रसारण र टेलिभिजनहरूद्वारा प्रयोग भइरहेका छन्। तसर्थ, फाइभ–जी स्पेक्ट्रमको व्यवस्थित प्रावधानलाई गति दिनु दिगो क्षेत्रीय आएसिटी उद्योग वातावरण र सामञ्जस्यपूर्ण इकोसिस्टम निर्माण गर्ने एक महत्वपूर्ण कुञ्जी हो।

स्पेक्ट्रम प्रावधान फाइभ–जी प्रविधिको महत्वपूर्ण कुञ्जी
डेटा अफ युसेज (डिओयू) २०२५ मा प्रति महिना ३९ जिबी प्रतिप्रयोगकर्ता र २०३० मा २५० जिबीभन्दा बढी हुने आइटियूको अनुमान छ। हालको मासिक एमबिबी डाटा ट्राफिक एसिया प्यासिफिकका अधिकांश देशहरूमा विशेष गरी एएसइएएनमा प्रतिव्यक्ति २० जिबी नाघेको छ र कम्बोडिया र लाओसमा अझ ३० जिबी नाघेको छ। ठूलो डाटा माग विश्वव्यापी अन्य क्षेत्रहरूभन्दा पहिले आउनेछ।

यस चुनौतीलाई सम्बोधन गर्न एसिया–प्यासिफिक क्षेत्रमा फाइभ–जी रुचाइएको प्रविधि हो र स्पेक्ट्रम यस प्रविधिको समाधान हो। जिएसएमए र कोलियागोको एसिया–प्यासिफिक प्रमुख सहरहरूको मूल्यांकन र भविष्यवाणीअनुसार प्रत्येक देशले सिमलेस, हाई–एक्स्पिरियन्स र किफायती फाइभ–जी सेवाहरू प्रदान गर्न आगामी १० वर्षमा औसतमा २००० मेगाहर्ज मिड–ब्यान्ड (१–१० गिगाहर्ज) स्पेक्ट्रम आरक्षित गर्न आवश्यक छ।

हाल मोबाइल अपरेटरहरूलाई वितरण गरिएको वायरलेस मिड–ब्यान्ड स्पेक्ट्रम अधिकांश देशहरूमा १००० मेगाहर्जभन्दा कम छ। जस्तै इन्डोनेसियामा ३६० मेगाहर्ज, थाइल्यान्डमा ४५० मेगाहर्ज, कम्बोडियामा ४६४ मेगाहर्ज, र श्रीलंकामा ५०५ मेगाहर्ज । हालको आपूर्ति र २००० मेगाहर्जको ब्यान्डविथ मागबीच ठूलो अन्तर छ।

त्यसकारण ३.५, २.६, २.३, र ४.९ गिगाहर्जको मिड–ब्यान्ड स्पेक्ट्रमलाई विचार गर्न र विभिन्न देशहरूमा बढ्दो डाटा आवश्यकताहरू पूरा गर्न व्यवस्थित रूपमा प्रदान गर्न आवश्यक छ । थप रूपमा अन्तर–उद्योग समन्वय र फ्रिक्वेन्सी क्लियरेन्स र माइग्रेसन तयारीहरू अग्रिम बनाउन आवश्यक छ। २०२२ मार्च ३१ मा बंगलादेशले २.६ र २.३ गिगाहर्ज फ्रिक्वेन्सी ब्यान्डहरूमा १९० मेगाहर्ज फाइभ–जी स्पेक्ट्रमको लिलामी पूरा गर्‍याे।

यसले निरन्तर ठूलो ब्यान्डविथको रिफर्मिङलाई समर्थन गर्दछ, फोर–जीको तुलनामा प्रतिमेगाहर्ज एकाइ मूल्य ५८ प्रतिशतले घटाउँछ र स्थगित भुक्तानी अवधि ५ वर्षबाट १० वर्षसम्म विस्तार गर्दछ। प्रोत्साहन उपायहरूको शृंखलाले फाइभ–जीको द्रुत विकासको लागि अनुकूल नीति वातावरण सिर्जना गरेको छ।

मिड–ब्यान्ड बाहेक ७०० मेगाहर्ज लो ब्यान्ड पनि एक आदर्श फाइभ–जी फ्रिक्वेन्सी ब्यान्ड हो। जसमा इन्डोनेसिया, कम्बोडिया, बंगलादेश, श्रीलंका र नेपाल इत्यादि समावेश छन्। यसले गतिशील स्पेक्ट्रम साझेदारी प्रविधिको साथ एउटै नेटवर्कमार्फत फोर–जी प्लस फाइभ–जी डुअल सेवाहरू प्रदान गर्न सक्छ। यो विश्वव्यापी मोबाइल ब्रोडब्यान्ड सेवाहरू ल्याउन तथा सहरी र ग्रामीण क्षेत्रहरूबीचको डिजिटल विभाजनलाई पुल गर्ने मुख्य कभरेज ब्यान्ड हो।

समग्रमा, अर्थतन्त्र र समाजमा फाइभ–जीको प्रभावको पूर्ण रिलिज फाइभ जी प्रविधि र अनुप्रयोगहरूको तीव्र विकासमा निर्भर गर्दछ। यो लक्ष्य हासिल गर्न, सरकारको निर्देशनमा टेलिकम अपरेटरहरू, आपूर्तिकर्ताहरू, एकेडेमीहरू, सामग्री प्रदायकहरू र उद्योगहरू प्रयोगकर्ता आवश्यकताहरू सञ्चार गर्दै र एकीकृत, समन्वयित, उच्च–प्रदर्शन र ऊर्जा कुशल फाइभ–जी उत्पादनहरू र सेवा मोडेलहरू अन्वेषण गर्दै क्रमशः एकजुट हुन्छन्।

आगामी पाँच वर्ष एसिया–प्यासिफिक क्षेत्रमा फाइभ–जी उद्योगको विकासका लागि अझै पनि महत्वपूर्ण अवधि हुनेछ। यस क्षेत्रमा दिगो र सामञ्जस्यपूर्ण इकोसिस्टम निर्माण गर्न विभिन्न नीतिहरूको कार्यान्वयनलाई प्रवर्द्धन गर्न सम्पूर्ण उद्योगहरूले अझै पनि मिलेर काम गर्न आवश्यक छ।

६ गिगाहर्ज अर्को १० वर्षमा फाइभ–जीको लागि अपरिहार्य विकल्प
३.५ गिगाहर्ज, २.६ गिगाहर्ज, २.३ गिगाहर्ज र ४.९ गिगाहर्ज संसारका रुचाइएका र परिपक्व फाइभ–जी प्राइम मिड–ब्यान्डहरू हुन् । तिनीहरूले फाइभ–जी विकासको प्रारम्भिक चरणका लागि कुल ८०० मेगाहर्ज ब्यान्डविथ प्रदान गर्दछ । त्यसको आधारमा, हामीले मिड–ब्यान्डहरूमा २००० मेगाहर्जको कुल आवश्यकता पूरा गर्न आगामी ५ देखि १० वर्षमा दीर्घकालीन सेवा विकासका लागि अर्को स्पेक्ट्रम ब्यान्ड खोज्न र रिजर्भ गर्न आवश्यक छ । अप्रिल २०२२ मा आठौँ एसिया– प्यासिफिक स्पेक्ट्रम सम्मेलनमा, चीन, थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, जर्मनी, फिनल्यान्डजस्ता अन्य उद्योग संगठनहरूका नियामकहरू त्यो सहमतिमा पुगे।

६ गिगाहर्ज अन्तिम र एक मात्र विकल्प हो जुन “प्रत्येक देशमा २ गिगाहर्ज मिड–ब्यान्डविथ“ पुग्न सक्छ। 

आइटियू, जिएसएमए, जिटिआई र ३ जिपिपी सक्रिय रूपमा ६ गिगाहर्ज आइएमटी अनुसन्धानलाई बढावा दिन्छ। अग्रणी अन्तर्राष्ट्रिय अपरेटरहरू, जस्तै भोडाफमेन डियुच टेलिकम, ओरेन्ज, टेलिफोनिका, चाइना मोबाइल र एक्जियाटाले आइएमटीको लागि ६ गिगाहर्जलाई विश्वव्यापी हर्मोनाइज्ड स्पेक्ट्रम रणनीतिको रूपमा समर्थन गर्दछ।

यसले सम्पूर्ण उद्योगलाई मापदण्डहरू एकताबद्ध गर्न र इकोसिस्टमलाई बढावा दिन, समय अगाडिको भविष्यलाई रेखांकित गर्न र नयाँ डिजिटल र बौद्धिक संसारतर्फ अघि बढ्न प्रवर्द्धन गर्नेछ।

(चङ्चुन  ह्वावे एसिया–पासिफिका पब्लिक रिलेसन डिपार्टमेन्टका निर्देशक हुन्।)

ad
ad