मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २९ आइतबार
  • Monday, 16 December, 2024
२o७९ जेठ २९ आइतबार o९:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

किताब–कापी बोक्ने कलिला हात प्लास्टिक, सिसा र फलाम संकलन गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २९ आइतबार o९:२६:oo

सन्दर्भ : विश्व बालश्रमविरुद्धको दिवस

सिराहा नगरपालिका–७ का आठ वर्षीय ललित सदा शुक्रबार जिल्ला प्रशासन कार्यालय सिराहाअगाडि सडकमा प्लास्टिकको बोतल संकलन गर्दैगर्दा भेटिए । नागरिकता, राष्ट्रिय परिचयपत्र र विभिन्न सिफारिसका निम्ति पुग्ने गरेका सेवाग्राहीले पानी खाएर फालेको प्लास्टिकको बोतल संकलन गरेर कवाडी साहूलाई बिक्री गर्न गए । जिल्ला प्रशासन कार्यालय र प्रशासकीय क्षेत्रभित्र संकलन गरेको तीन किलो बोतलबाट उनले ७५ रुपैयाँ कमाए । ललितको दैनिकी यसरी नै बित्ने गरेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ सिराहाको कार्यालयअगाडि मुख्य सडकछेउमा २६ घरधुरीको करिब डेढ सय जनसंख्या छ । मुसहरीमा बस्दै आएका सुकिया सदाका छोरा ललित विद्यालय छाडेर कवाडीको सामान संकलन गर्न बिहानदेखि बेलुकासम्म सडक, गल्ली चहार्ने गर्छन् । 

कवाडी संकलन गर्दा सामान्य सुरक्षामा ध्यान दिनुपर्ने भए पनि ललितलाई त्यसबारे कुनै जानकारी छैन । विद्यालयमा कखरा सिक्नुपर्ने उमेरका ललित अहिले प्लास्टिकका बोतल, सिसा र फलाम संकलनमा लागेका छन् । ललित सदाजस्ता कलिलो उमेरका बालबालिका जोखिमपूर्ण क्षेत्रमा काम गरिरहँदा पनि सरोकारवाला निकाय कसैको ध्यान पुग्न सकेको छैन । आफूले दैनिक रूपमा दुई–तीन सय रुपैयाँ कवाडी बेचेर कमाउने गरेको ललित बताउँछन् । 

ललितलाई बालश्रम, बालमजदुरबारे कुनै ज्ञान छैन । विपन्न मुसहर समुदायमा ललितजस्तै अरू बालबालिकाले पनि प्लास्टिक, सिसा र फलामको सामान संकलन गरी कवाडीमा बेच्ने गरेका छन् ।