१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २९ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २९ आइतबार o८:o५:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सगरमाथामा ‘चन्द्र सूर्य एल्बम’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २९ आइतबार o८:o५:oo

राष्ट्रिय भावनामा आधारित ‘चन्द्र सूर्य बोल’को गीत र भिडियोको डिभिडी विश्वको सर्वोच्च हिमाल सगरमाथा (८८४८.८६)मा विमोचन भएको छ । १४ पटक सगरमाथाको अरोहण गरिसकेका पासाङ तेन्जिङ शेर्पाले ३१ वैशाख बिहान ४:४९ मा गीत र भिडियोको विमोचन गरेका हुन् ।

उनले १३ वर्षको उमेरदेखि सगरमाथा आरोहण सुरु गरेका हुन् । यसपटक उनीसँगै अस्ट्रेलियाका सबैभन्दा कान्छा (१९ वर्षीया)पर्वतारोही ग्यावी कनिनी पनि थिइन् ।

हरिगोपाल प्रधानको यो गीत र भिडियो सगरमाथा शिखरमा विमोचन भएको पहिलो गीत बनेको छ । गीतमा स्वर, संगीत र निर्देशन निर्णय श्रेष्ठको रहेको छ भने उनलाई गायिका÷नायिका विष्णु चेम्जोङले साथ दिएकी छिन् ।