१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २८ शनिबार
  • Saturday, 21 September, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २८ शनिबार १५:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लैंगिक अल्पसंख्यकको अधिकारका लागि गौरव यात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २८ शनिबार १५:३५:oo

सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरुले आज गौरव यात्रा मनाएका छन्। उपत्यकामा रहेका क्वयर समुदायले माइतीघर मण्डलादेखि बानेश्वरसम्म गौरव ¥याली निकालेका हुन्। नेपालमा प्रत्येक वर्ष जुन महिनाको दोस्रो शनिबार गौरव यात्रा गरिँदै आइएको छ।

जुन महिनालाई विश्वभरि नै लैंगिक तथा अल्पसंख्यक व्यक्तिहरूले सामाजिक लान्छनालाई तोडेर आफ्नो पहिचानमा गौरव गर्ने सन्देश लिएर गौरव यात्रा आयोजना गर्ने गरेका छन्। नेपालमा भने २०७६ सालदेखि मात्र औपचारिकरुपमा गौरव यात्रा मनाउन थालिएको हो। पछिल्ला दुई वर्ष कोभिड महामारीका कारण भर्चुअल कार्यक्रम गरिए पनि यो वर्ष विभिन्न लैंगिक पहिचान भएका व्यक्तिहरुले संयुक्त रूपमा गौरव यात्रा मनाएका हुन्।