१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २८ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २८ शनिबार o८:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर लगानीकर्ता आन्दोलनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २८ शनिबार o८:३३:oo

सरकारी नीतिका कारण नेप्से घटेको ठहरसँगै लगानीकर्ता यतिवेला आन्दोलनमा छन् । राष्ट्र बैंकले लगाउँदै आएको ४-१२ सेयर धितो कर्जाको सीमा हटाइनुपर्ने विषयलाई उनीहरूले मुख्य एजेन्डा बनाएका छन् । आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले पूँजी बजार सुधार संघर्ष समिति मार्फत उठाइएका १९ बुँदे माग पुरा गर्न दबाब दिएका छन्। 

झन्डै १५ अंकले घट्यो नेप्से, कारोबार एक अर्बभन्दा कम

शुक्रबार नेप्से परिसूचक १४ दशमलव ६४ अंकले घटेर दुुई हजार २० बिन्दुमा आइपुुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स चार दशमलव ११ अंकले घटेर तीन सय ९२ दशमलव २५ बिन्दुुमा आइपुुगेको छ । नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेर एक अर्ब रुपैयाँभन्दा कम भएको छ ।

कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । उत्पादनमूूलक समूहको सूचक २ प्रतिशतले घट्दा ‘अन्य’, होटेल तथा पर्यटन, ट्रेडिङ, फाइनान्स समूहको सूूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । बाँकी समूहको सूूचक सामान्य घटेको छ ।

सबै समूूहको सूचक घट्दा कारोबार रकम घट्न पुुगेको छ । कुनै निर्णय लिन नसक्दा कारोबार रकममा कमी आएको लगानीकर्ता बताउँछन् । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुुई सय २९ कम्पनीको ३० लाख कित्ता सेयर खरिद–बिक्री हुँदा ८९ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन कुमारी बैंकको सबैभन्दा धेरै अर्थात् पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक, मेघा बैंक, शिवम् सिमेन्ट, एनआइसी एसिया बैंकको तीन करोड रुपैयाँदेखि चार करोड २४ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

उपकार लघुुवित्त वित्तीय संस्था, ग्रिन भेन्चर लिमिटेड, बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । लक्ष्मी लघुुवित्त वित्तीय संस्था, सन्राइज म्युुचुुअल फन्ड, सिभिल बैंकको ३ प्रतिशतले बढेको छ । सामुुदायिक लघुुवित्त वित्तीय संस्था, युुनिलिभर नेपालको पाँच प्रतिशतभन्दा बढीले घटेको छ भने युनाइटेड इदी मर्दी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको ४ प्रतिशतले घटेको छ ।

सिवाइसी लघुुवित्तको सेयर नेप्सेमा सूचीकृत
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको १२ लाख १६ हजार चार सय १८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले सर्वसाधारणलाई निष्कासन गरेको तीन लाख ९५ हजार तीन सय ३६ कित्ता र संस्थापकहरूले लगानी गरेको आठ लाख २१ हजार ८२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको सेयरलाई नेप्सेले न्यूनतम तीन सय ४४ रुपैयाँ ३६ पैसादेखि एक हजार ३३ रुपैयाँ आठ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । त्यसअनुसार अर्को साता कारोबारमा आउनेछ ।

ad
ad
ad
ad