मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २७ शुक्रबार १६:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री हेरफेरबारे सम्मानित नेता खनाल : निर्णय भइसक्याे, कार्यान्वयन गर्नुको विकल्प छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २७ शुक्रबार १६:२८:००

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्नुकाे विकल्प सरकारसँग नभएकाे बताएका छन्। शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा खनालले यस्ताे बताएका हुन्।

आफ्नाे पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा उनले आपत्ति जनाए। आफ्नो पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो।

‘मैले धेरैपटक यसको जवाफ दिइसके‌। यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ। यो तुरुन्त लागू हुनुपर्छ। नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ। यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ। अरू कुनै विकल्प छैन,’ उनले भने।

सम्मानित नेता खनालले बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरू नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गरे।