१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २५ बुधबार १९:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोरका गाडीलाई सुरक्षा दिने प्रहरीमाथि बन्चरेडाँडावासीको आक्रमण, तीन प्रहरी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २५ बुधबार १९:०१:००

बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका कन्टेनरको सुरक्षाको लागि खटिएका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन् । स्थानीयको ढुंगा प्रहारबाट तीनजना प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

उनका अनुसार स्थानीयले फोहोरका गाडीलाई प्रहरीले सुरक्षा दिएको भन्दै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। स्थानीयले गुलेली, ढुंगा र बियरको बोत्तलले हान्दा तीनजना प्रहरी घाइते भएका छन्। 

स्थानीयले प्रहरी सहायक निरीक्षक साजन केसीसहित अन्य प्रहरीमाथि बियरको बोत्तल प्रहार गरेका थिए। अन्य दुईजना प्रहरी पनि घाइते भएको परिसरले जनाएको छ। उनीहरूको प्रहरी अस्पतालमा उपचार भइरहेको छ। स्थानीयले फोहोर फाल्न नदिएपछि बन्चरेडाँडातर्फ गएका फोहोर बोकेका कन्टेनर फर्किएका छन्।