मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २५ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २५ बुधबार o८:o९:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

संगीत नाट्य राष्ट्रिय पुरस्कार प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २५ बुधबार o८:o९:oo

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संगीत तथा नाट्य क्षेत्रका ६ जना वरिष्ठ स्रष्टा सर्जकलाई सम्मान तथा पुरस्कृत गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-०७८ समर्पण गरेकी हुन् ।

उनीहरूलाई नेपाली संगीत, नाटक तथा नृत्य क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै कदरस्वरूप सम्मान गरिएको हो । वरिष्ठ रंगकर्मी ऋद्धिचरण श्रेष्ठ, वरिष्ठ जलतरंग वादक मोहनप्रसाद जोशी, वरिष्ठ नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया, वरिष्ठ सर्जक मोहनकृष्ण कार्की ढली, वरिष्ठ लोक सर्जक अमर विरही गुरुङलाई सम्मान तथा पुरस्कृत गरिएको हो । उनीहरूलाई ताम्रपत्र तथा जनही एक लाख एक रुपैयाँसहित सम्मान गरिएको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउनु नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको दायित्व रहेको बताए । उनले सम्मानित स्रष्टा तथा सर्जकलाई बधाई तथा शुभकामना दिँदै राष्ट्रका यस्ता गहनालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् ।