१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रचण्डको अभिव्यक्तिलाई ज्यादा महत्व दिनुपर्दैन : प्रवक्ता महत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:५२:oo

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई ज्यादा महत्व दिनुनपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई नेकपा एमालेले जस्तो अहंकार र दम्भ देखाए सम्पन्न निर्वाचनमा एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई प्रदेश र संघको निर्वाचनमा ठेगान लगाइदिने जस्ता अभिव्यक्ति आएको भन्ने प्रश्नमा महतले प्रचण्डले आफ्नो कायकर्तालाई आदेश दिने क्रममा भनेका यस्ता अभिव्यक्तिलाई महत्व दिन आवश्यक नरहेको बताएका हुन् । 

गठबन्धनको बैठकका धारणा लिखित रूपमा बाहिर आउने कुरा मुख्य भएको भन्दै महतले भने, ‘आफ्नो कार्यकर्तालाई आदेश दिने क्रममा भनेका कुराहरू ज्यादा महत्व दिनुपर्छ भनेर म ठान्दिनँ ।’

उनले नेपाली कांग्रेस कहिल्यै पनि अंहकारको बाटो नछिर्नेसमेत बताए। ‘कांग्रेस अहंकारभन्दा धेरैमाथि छ । हामी वास्तविकताको धरातलमा उत्रिएर राजनीति गछौँ । निर्वाचित भएर आउँदा  मात्तिने असफल हुँदा आत्तिने कांग्रेसको चरित्र र विशेषता हैन ।’

उनले एमालेजस्तै नेपाली कांग्रेस अहंकारको बाटो हिँड्छ कि भन्ने आंशका गर्नुपर्ने आवश्यकता नरहेको बताए । नेपाली कांग्रेसलाई थर्काएको भनेर प्रचण्डको कुरालाई नबुझ्न उनको आग्रह थियो । महतले स्थानीय निर्वाचनमा कायम भएको पाँचदलीय गठबन्धनबाट सकारात्मक परिणाम आएको भन्दै यसले आगामी निर्वाचनमा समेत निरन्तरता पाउने बताए ।‘ स्थानीय तहको निर्वाचनमा अपवादका घटनाबाहेक गठबन्धनको सफल परीक्षण भएको छ । जिल्ला समन्वयमा पनि गठबन्धनकै दलहरूमा सहमति गरे जान्छौँ । आउने आमनिर्वाचनसम्म पनि यो सहकार्य जारी रहन्छ,’ महतले भने । 
 

ad
ad